जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज हरितालिका तीज मनाइँदै

काठमाडौं– आज देशभर हरितालिका तीज पर्व उल्लासपूर्वक मनाइँदैछ । नेपाली महिलाहरूले नयाँ लुगा–गहना लगाई नाचगानसहित शिवपूजा गरेर पर्वलाई धुमधामले मनाइरहेका छन्।

भाद्र शुक्ल तृतीयामा भगवान् शिवलाई प्रसन्न पार्दै व्रत बस्दा परिवारमा सुख–शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाने परम्परासहित तीज पर्वको औपचारिक सुरुआत भइसकेको छ भने यो पर्व ऋषि पञ्चमीसम्म चल्नेछ। आज बिहानैदेखि देशभरका शिवमन्दिरहरूमा महिलाहरूको भीड लागेको छ।

तीजको व्रत निराहार बस्ने चलन भए पनि चिकित्सकहरूले स्वास्थ्यअनुसार मात्र व्रत बस्नुपर्ने सुझाव दिएका छन्। स्वास्थ्य बल नहुनेहरूले निराहार व्रत गर्नु जोखिमपूर्ण हुने भएकाले पानी, फलफूल वा जुस सेवन गरेर व्रत बस्न सकिने उनीहरूको सल्लाह छ।

निराहार अवस्थामा शरीरमा पानीको कमी भई कमजोरी वा बेहोस हुने सम्भावना रहने भएकाले सजग रहन आग्रह गरिएको छ। धार्मिक दृष्टिले पनि निराहार नसक्नेहरूले जलाहार वा फलाहार व्रत बस्न सक्ने उल्लेख छ।

स्वास्थ्यमा समस्या हुनेहरूले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता हल्का फलाहार गरेर पनि व्रत गर्न सकिने विश्वास धर्मशास्त्रमा पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?