जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वीरगञ्जमा हैजाका ६४ बिरामी अस्पतालमा उपचाररत, १२ जनामा ‘भिब्रिओ कोलेरा’ पुष्टि

वीरगञ्ज (पर्सा) – पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा हाल हैजाबाट संक्रमित ६४ जना बिरामी उपचाररत रहेका छन्। अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार सबै बिरामीको अवस्था सामान्य रहेको छ।

भदौ ६ देखि ११ गतेसम्म अस्पतालमा २२६ जना झाडा पखालाका बिरामी पुगेका थिए, जसमध्ये १६२ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन्। छ जनाको सघन उपचार कक्ष (ICU) मा उपचार भइरहेको अस्पतालले जनाएको छ।

४८ जनामा हैजा पुष्टि, १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटियो

बुधबार साँझसम्म ११० जनाको कोलेरा आरडिटी परीक्षण गरिएकोमा ४८ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ जनाको नमूना ‘कल्चर’ परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो, जसमा १२ जनामा ‘भिब्रिओ कोलेरा’ देखिएको डा. सिंहले जानकारी दिए।

सावधानी अपनाउन आग्रह

संक्रमण फैलन नदिन र अझ बढी नियन्त्रण गर्न जनस्वास्थ्य मापदण्ड अपनाउन, सफा पानीको प्रयोग गर्न, र व्यक्तिगत सरसफाइमा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार हैजा विशेषगरी दूषित खानेपानी र खानाबाट सर्ने भएकाले जोखिम अझै कायमै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?