जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड सुपरस्टार शाहरूख ‘किङ’को सुटिङका लागि युरोप जाने

काठमाडौँ – बलिउड सुपरस्टार शाहरूख खानका छोरा आर्यन खान निर्देशित डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ लाई फ्यानहरूले उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् भने उनकी छोरी सुहाना खान ‘किङ’ फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन्।

हालै शाहरूख खानको काँधमा लागेको चोटका कारण रोकिएको ‘किङ’को सुटिङ पुनः शुरु हुन लागेको छ। रिपोर्ट अनुसार शाहरूखको चोट पूर्ण रूपमा निको भइसकेको छ र फिल्म टोली सेप्टेम्बरमा युरोप प्रस्थान गर्दैछ।

फिल्मको महत्वपूर्ण छायांकन पोल्याण्ड र स्टकहोममा हुनेछ, जसको अवधि करिब ४० देखि ५० दिन रहनेछ। शाहरूख र सुहाना एकसाथ युरोपियन सुटिङमा सहभागी हुनेछन्। निर्देशक सिद्धार्थ मल्होत्राले युरोपको सुन्दरता र वातावरणमा महत्त्वपूर्ण नाटकीय र भावनात्मक दृश्यहरू फिल्म गर्ने योजना बनाएका छन्।

‘किङ’ चलचित्रको पहिलो रिलिज मिति गान्धी जयन्ती २०२६ तोकिएको थियो, तर शाहरूखको चोटका कारण समय तालिका प्रभावित भएको थियो। अहिले यो फिल्म सम्भवत: २०२६ को क्रिसमसमा रिलिज हुने अनुमान गरिएको छ।

यसैबीच, फिल्मका कलाकार र निर्माताहरु छायांकन समयमै पूरा गर्ने दिशामा सक्रिय छन् र फ्यानहरू पनि ‘किङ’को नयाँ अपडेटको प्रतिक्षामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?