जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘परम सुन्दरी’ स्टारकास्टको पारिश्रमिक सार्वजनिक, सिद्धार्थ मल्होत्राले लिए सबैभन्दा बढी

मुम्बई – सिद्धार्थ मल्होत्रा र जान्हवी कपूर अभिनित चर्चित फिल्म ‘परम सुन्दरी’ को स्टारकास्टले लिएको पारिश्रमिकबारे जानकारी सार्वजनिक भएको छ। मिडिया रिपोर्टका अनुसार, फिल्मका मुख्य अभिनेता सिद्धार्थले सबैभन्दा बढी करिब १० देखि १२ करोड रुपैयाँ पारिश्रमिक लिएका छन्।

जान्हवी कपूरले फिल्ममा दक्षिण भारतीय युवतीको भूमिका निभाएकी छिन् र उनले ४ देखि ५ करोड रुपैयाँ पारिश्रमिक लिएकी बताइएको छ। त्यस्तै, फिल्मका अनुभवी कलाकार संजय कपूरले ५० लाख रुपैयाँ पाएका छन् भने सहायक कलाकार मनजोत सिंहले २५ लाख रुपैयाँ लिएका छन्।

फिल्ममा भूमिका निभाएका अर्का कलाकार रेंजि पनिकरले २५ देखि ३० लाख रुपैयाँ पारिश्रमिक लिएको जानकारी प्राप्त भएको छ।

‘परम सुन्दरी’ म्याडक स्टुडियोको प्रस्तुति हो, जसले ‘स्त्री २’ र ‘छावा’ जस्ता ब्लकबस्टर फिल्महरू निर्माण गरिसकेको छ। यस फिल्मको कुल निर्माण लागत करिब ४५ करोड रुपैयाँ रहेको बताइएको छ।

फिल्म २९ अगस्ट २०८२ मा देशभरका सिनेमाघरमा रिलिज हुन लागेको छ। फिल्मको रोमान्टिक कथा र स्टारकास्टका कारण दर्शकहरूको उत्साह उच्च छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?