जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साफ यू-१७ महिला च्याम्पियनसिप: आज नेपाल र भारत खेल्दै

काठमाडौँ।-दक्षिण एसियाली फुटबल महासंघ (साफ)को १७ वर्षमुनिका महिला यु-१७ प्रतियोगितामा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली समयअनुसार खेल अपराह्न ६ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिन लिगमा भारत १२ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ३ अंकसहित तेस्रो स्थानमा छ।

घरेलु मैदानमा अहिलेसम्म जित हासिल गर्न नसकेको भुटान चौथो स्थानमा रहेको छ भने बंगलादेश ९ अंकसहित दोस्रो स्थानमा रहेको छ। प्रतियोगितामा कुल चार राष्ट्र सहभागी छन्।

खेल तालिका अनुसार नेपाल भदौ १५ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। तर, उपाधि विजेताको दौडबाट नेपाल बाहिरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?