जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एसिया कप टी–२० मा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडी

काठमाडौँ – आगामी सेप्टेम्बर ९ देखि युएईमा सुरु हुन लागेको एसिया कप २०२५ मा भारतीय क्रिकेट टिमका प्रमुख ब्याट्सम्यान विराट कोहली र रोहित शर्माको अनुपस्थिति हुनेछ। यी दुवै खेलाडीले टी–२० क्रिकेटबाट सन्यास लिएका कारण प्रतियोगितामा भाग लिँदैन्।

एसिया कप क्रिकेटको १७ औं संस्करण टी–२० ढाँचामा खेलिने यस प्रतियोगितामा, हालसम्म सर्वाधिक रन बनाउने शीर्ष पाँच खेलाडीको सूचीमा विराट कोहली, मोहम्मद रिजवान, रोहित शर्मा, बाबर हयात र इब्राहिम जद्रान रहेका छन्।

विराट कोहलीले टी–२० एसिया कपमा ४२९ रन बनाउँदै शीर्ष स्थान ओगटेका छन्। त्यस्तै, पाकिस्तानका मोहम्मद रिजवान २८१ रनसहित दोस्रो स्थानमा छन्। रोहित शर्मा २७१ रनका साथ तेस्रो स्थानमा रहेका छन्। बाबर हयात र इब्राहिम जद्रान क्रमशः चौथो र पाँचौ स्थानमा छन्।

पछिल्ला संस्करणहरूमा विराट कोहली र रोहित शर्माको प्रदर्शन उत्कृष्ट रहँदा उनीहरूको यो अनुपस्थितिले भारतीय टोलीमा ठूलो प्रभाव पार्ने देखिन्छ।

एसिया कप २०२५ मा नयाँ अनुहारहरूले आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् भने अनुभवी खेलाडीहरूको अनुपस्थिति खेलको रोमाञ्चकता थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?