जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुरक्षा पन्त अभिनीत ‘धागो’ नेपाल–भारतमा एकैसाथ प्रदर्शन हुने

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘धागो’ आगामी कात्तिक २८ गते (नोभेम्बर १४) देखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माणपक्षले शुक्रबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।

उदिप राणा थापाद्वारा निर्देशित यो चलचित्र निर्देशकको डेब्यु प्रोजेक्ट हो। निर्देशक थापाका अनुसार, फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको जीवन, आपसी भावनात्मक सम्बन्ध, र सांस्कृतिक अन्तर्सम्बन्धको कथा प्रस्तुत गर्छ।

चलचित्रमा सुरक्षासँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा मुख्य भूमिकामा देखिनेछन्।

यसबाहेक फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप क्षेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायत कलाकारहरूको अभिनय समावेश छ भने, अभिनेत्री वर्षा राउत फिल्ममा केमियो भूमिकामा देखिनेछिन्।

चलचित्रको छायाङ्कन बलिउडका अनुभवी छायाँकार अनिकेर एम. घोघले गरेका हुन्। सम्पादन अखिलेश राय, कोरियोग्राफी कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटर कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोर निर्मल पन्यालले गरेका छन्।

चलचित्रका सङ्गीतकार तथा गीतकार गायक पुष्पन प्रधान हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाको ब्यानरमा निर्मित यो चलचित्रका निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा छन्। सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री रहेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?