जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शाहरुख खान र दीपिका पादुकोणविरुद्ध भरतपुरमा एफआईआर दर्ता

काठमाडौँ – बलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणविरुद्ध भारतको राजस्थानको भरतपुरमा एफआईआर दर्ता गरिएको छ। उनीहरूमाथि गुणस्तरहीन सवारीसाधनको ब्रान्डिङ गरेको आरोप लागेको हो।

उनीहरू हुन्डाई कम्पनीको अल्काजार मोडलको ब्रान्ड एम्बेसडर हुन्। मुद्दा सोही गाडीको प्राविधिक समस्यासँग सम्बन्धित छ।

एफआईआर भरतपुर निवासी अधिवक्ता कीर्ति सिंहको उजुरीका आधारमा दर्ता गरिएको हो। सिंहले २०२२ को जुन १४ मा २३.९७ लाख रुपैयाँमा हुन्डाई अल्काजार कार किनेका थिए। उनले गाडी खरिद गर्दा एचडीबी फाइनान्सियल सर्भिसेसबाट आंशिक ऋण लिएको र बाँकी रकम नगदमा तिरेको उल्लेख गरेका छन्।

उनको आरोप अनुसार, गाडी प्रयोगमा ल्याएपछि राजमार्गमा ओभरटेक गर्दा पिकअप नलिनु, आरपीएम मात्र बढ्नु र ओडोमिटरमा खराबीको संकेत देखिनुजस्ता समस्या देखिन थाले। उनले भनेका छन्,

“छ–सात महिनापछि कारमा थप प्राविधिक समस्या देखियो। कम्पनीले गुणस्तरीय सवारीसाधन भन्दै प्रचार गरेको गाडीमा यस्ता गम्भीर कमजोरी हुनु उपभोक्ताको धोका हो।”

सिंहको उजुरीमा हुन्डाई कम्पनीका प्रबन्ध निर्देशक अन्सो किम, सीओओ तरुण गर्ग, र भरतपुरका केही शोरुम सञ्चालकहरूको नामसमेत समावेश छ।

भरतपुरको जिल्ला अदालतले एफआईआर दर्ता गर्न आदेश दिएपछि मथुरा गेट प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको हो। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?