जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल–आसाम टी–२० सिरिजको निर्णायक खेल

काठमाडौं– नेपाल ‘ए’ र आसाम प्रदेश क्रिकेट संघबीचको पाँच खेलको टी–२० सिरिजको निर्णायक खेल आज हुँदैछ।

चौथो खेलमा नेपाल १८ रनले पराजित भएपछि एक खेल अगाडि सिरिज जित्ने अवसर गुमाएको थियो। आसामले सुरुमा दिएको १७५ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाललाई अन्तिम खेलमा उपाधि सुनिश्चित गर्ने दबाब परेको छ।

पहिलो खेलमा डक वर्थ–लुइस (डीएल) पद्धति अनुसार १५ रनले पराजित नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ र ९ रनले जित हासिल गरेको थियो।

पाँचौं खेल आज  सोमबार साँझ ५ बजे सुरु हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?