जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘कुली’ फ्लप भए पनि ‘लोका च्याप्टर-१’ले मच्चायो धमाका, ओटीटीमा रिलिजको तयारी

काठमाडौँ – साउथ इन्डियन फिल्म उद्योगबाट आएको बहुप्रतीक्षित फिल्म ‘लोका च्याप्टर-१ चन्द्रा’ ले बक्स अफिसमा शानदार प्रदर्शन गर्दै दर्शकको मन जितिरहेको छ। २८ अगस्ट २०२५ मा रिलिज भएको यो फिल्मले सुरुवाती दिनमा सुस्त व्यापार गरे पनि छोटो समयमा नै उल्लेखनीय उचाइमा पुगेको छ।

३० करोडको बजेटमा तयार भएको यो फिल्मले ६ दिनमै भारतभरबाट ३९.३७ करोड रुपैयाँ कमाएर रजनीकान्तको ‘कुली’ भन्दा अगाडि पुगेको छ। फिल्मले पहिलो दिन २.७ करोड कमाई गरेको थियो भने दोस्रो दिन ४ करोड, तेस्रो दिन ७.६ करोड, र चौथो दिन १०.१ करोडको कमाई गरेको रिपोर्ट सार्वजनिक भएको छ।

बक्स अफिसमा सफल यात्रा गरिरहँदा, अब यो फिल्मको ओटीटी रिलिजको चर्चा पनि सुरु भइसकेको छ। रिपोर्टहरूका अनुसार, फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले खरिद गरिसकेको बताइएको छ। यद्यपि, निर्माता पक्षबाट अहिलेसम्म औपचारिक घोषणा गरिएको छैन।

सूत्रका अनुसार, ‘लोका च्याप्टर-१’ सेप्टेम्बरको अन्तिम साता, विशेषतः २६ सेप्टेम्बर २०२५ मा ओटीटीमा रिलिज हुनसक्ने अनुमान गरिएको छ। फिल्म तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा स्ट्रीमिङ हुनेछ।

फिल्ममा कल्याणी प्रियदर्शन मुख्य भूमिकामा देखिएकी छन्। उनीसँगै नसलीन के. गफूर र स्यान्डी मास्टर पनि प्रमुख भूमिकामा रहेका छन्। निर्देशक र प्रोडक्सनको सशक्त संयोजनले फिल्मलाई उत्कृष्ट बनाएको प्रतिक्रिया दर्शकबाट आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?