जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रेमानन्द महाराजलाई भेट्न भक्तहरूलाई लाग्छ एक वर्ष, शिल्पा शेट्टीका पतिले कसरी पाए अवसर ?

काठमाडौँ – भारतका चर्चित कथावाचक प्रेमानन्द महाराज का लाखौं भक्त छन्, जो वर्षौंसम्म लाइनमा बसेर उनको दर्शनको प्रतीक्षा गर्छन्। दिनमा केवल सीमित मानिसहरूलाई मात्र भेट्ने प्रेमानन्द महाराजको दर्शन पाउनु सामान्य मानिसका लागि निकै कठिन मानिन्छ।

यस्तै भीडमा, बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा पनि एकपटक प्रेमानन्द महाराजलाई भेट्न सफल भएका छन्। हाल आफ्नो पञ्जाबी फिल्म ‘मेहर’ को प्रचारमा व्यस्त रहेका राज कुन्द्राले हालै एक अन्तर्वार्तामा प्रेमानन्द महाराजसँगको भेटको अनुभव साझा गरेका छन्। उनका अनुसार, महाराजलाई भेट्न झन्डै एक वर्षको प्रतीक्षा सूची हुन्छ।

“म उहाँलाई लामो समयदेखि पछ्याइरहेको थिएँ। म विगत दुई वर्षदेखि उहाँका प्रवचनहरू सुन्दै र सामाजिक सञ्जालमा शेयर गर्दै आइरहेको छु। उहाँ दिनमा केवल ५०–६० जनामात्र भेट्नुहुन्छ,” राजले भने। राजका अनुसार, जब शिल्पा शेट्टी र उनी प्रेमानन्द महाराजलाई भेट्न सफल भए, त्यो क्षण उनको जीवनको सबैभन्दा विशेष दिन भएको अनुभव भएको थियो।

राज कुन्द्राले प्रेमानन्द महाराजको जीवनशैली र स्वास्थ्य अवस्थाबारे पनि खुलासा गरेका छन्। “हामी प्रायः आफ्नो जीवनमा धन, सम्पत्ति र विलासिताको कुरा गर्छौं। तर महाराजजी २० वर्षदेखि २ वटा बिग्रिएको मिर्गौला लिएर बाँचिरहनुभएको छ। उहाँ हरेक दिन पाँच घण्टा डायलाइसिसमा हुनुहुन्छ, तर मुस्कुराइरहनुभएको हुन्छ,” उनले भने।

राज कुन्द्राले थपे, “म धेरै कुरा सोध्न चाहन्थेँ तर जब उहाँका अगाडि पुगेँ, म अवाक भएँ। त्यो अनुभव शब्दमा वर्णन गर्न सकिन्न।”

प्रेमानन्द महाराजमाथि श्रद्धा राख्नेहरूमा विराट कोहली र अनुष्का शर्मा पनि छन्, जो समय-समयमा उनलाई भेट्न गएका देखिन्छन्। अब राज कुन्द्रा र शिल्पा शेट्टी पनि यस सूचीमा सामेल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?