जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

६० करोड ठगी प्रकरणपछि शिल्पा शेट्टीले ‘बास्टियन बान्द्रा’ रेस्टुरेन्टमा ताला लगाइन्, इन्स्टाग्राममा भावुक सन्देश लेख्दै भनिन् – ‘एक युगको अन्त्य’

काठमाडौँ – बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा पछिल्लो समय ठगी प्रकरणका कारण कानुनी विवादमा तानिएका छन्। यिनै आरोपहरूसँगै अब शिल्पा शेट्टीले मुम्बईको बान्द्रास्थित आफ्नो चर्चित रेस्टुरेन्ट ‘बास्टियन’ बन्द गर्ने घोषणा गरेकी छिन्।

अभिनेत्रीले इन्स्टाग्राम स्टोरीमार्फत आफ्नो रेस्टुरेन्ट स्थायी रूपमा बन्द हुने जानकारी दिँदै भावुक सन्देश सेयर गरेकी छन्।

शिल्पा शेट्टीले मंगलबार राति इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्: “यो बिहीबार मुम्बईको सबैभन्दा प्रतिष्ठित गन्तव्यहरूमध्ये एक, बास्टियन बान्द्रालाई बिदाइ गर्दै एक युगको अन्त्य हो। यसले हामीलाई अनगिन्ती सम्झनाहरू, अविस्मरणीय रातहरू र क्षणहरू दियो। शहरको नाइटलाइफलाई यसले नयाँ आयाम दियो।”

उनले थप लेखेकी छिन्, “यस पौराणिक ठाउँलाई सम्मान गर्दै, हामी हाम्रा संरक्षकहरूका लागि एक विशेष साँझको आयोजना गर्दैछौं – जुन बास्तियनसँग जोडिएको सबै कुराको उत्सव हुनेछ। यद्यपि बास्टियन बान्द्राको अध्याय सकिएको हो, ‘बास्टियन एट द टप’ मा यात्रा अझै जारी रहनेछ – नयाँ अनुभव र ऊर्जा सहित।”

शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि ६०.४ करोड रुपैयाँको ठगी आरोप लागेको छ। व्यापारी दीपक कोठारीले आर्थिक अपराध शाखा (EOW) मा दर्ता गराएको उजुरीमा Best Deal TV Pvt. Ltd. नामक कम्पनीमार्फत लगानीको नाममा ठगी गरिएको दाबी गरिएको छ। राज कुन्द्रा र शिल्पा शेट्टीले भने आरोपलाई “निराधार र बदनियतपूर्ण” भन्दै अस्वीकार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?