जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रिलिज हुनुभन्दा अगाडि नै कानुनी समस्यामा फसेको ‘लभ एण्ड वार’, संजय लीला भन्साली विरुद्ध एफआईआर दर्ता

काठमाडौँ – आलिया भट्ट, रणबीर कपूर र विक्की कौशलको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘लभ एण्ड वार’ निर्माणकै क्रममा कानुनी विवादमा फसेको छ। निर्देशक संजय लीला भन्साली र उनको टोलीका दुई सदस्यहरुविरुद्ध राजस्थानको बीकानेरमा ठगी, दुर्व्यवहार र विश्वासघातको आरोपमा एफआईआर दर्ता भएको छ।

प्रतीक ताज माथुर नामक व्यक्तिले बीकानेर प्रहरीले सोमबार (सेप्टेम्बर १) संजय लीला भन्साली, निर्माता अरविन्द गिल र उत्कर्ष बाली विरुद्ध एफआईआर दर्ता गरेका हुन्। माथुरले आफूलाई ‘लभ एण्ड वार’को लाइन प्रोड्युसर नियुक्त गरिएको भए पनि पछि सम्झौता रद्द गरी भुक्तानी नगरी हटाइएको आरोप लगाएका छन्।

बीकानेरका सर्कल अफिसर विशाल जांगिडले बताए अनुसार, माथुरले ठगी, आपराधिक षड्यन्त्र र धम्कीको मुद्दा दर्ता गरेको छन्। उनी भन्छन्, “माथुरले परियोजनाका लागि आवश्यक सबै व्यवस्थापन गरेका थिए र सरकारी विभागहरूसँग सहकार्य गरेका थिए। तर टोलीले दुर्व्यवहार गर्‍यो र भुक्तानी पनि नगरी हटाइयो।”

प्रतीक माथुरले आफ्नो उजुरीमा भनेका छन् कि छायांकनका लागि आवश्यक सबै व्यवस्थाहरू उनी नै गरेका थिए। तर जब उनले भन्सालीको टोलीलाई होटलमा भेट्न खोजे, टोलीले दुर्व्यवहार गरेको र भुक्तानी नगरी हटाएको आरोप उनले लगाए। अहिलेसम्म संजय लीला भन्साली र उनको टोलीले यस घटनामा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

‘लभ एण्ड वार’मा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा छन्। फिल्ममा रणवीर र विक्कीले भारतीय वायुसेनाका पाइलटको भूमिका निभाएका छन्। फिल्मको अधिकांश छायांकन राजस्थानमा भएको छ र मार्च २०२६ मा रिलिज हुने अपेक्षा गरिएको छ।

सेप्टेम्बर २८ मा रणवीर कपूरको जन्मदिनमा फिल्मको कुनै दृश्य वा टिजर सार्वजनिक हुने आशा गरिएको छ, तर अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।

यो कानुनी विवादले ‘लभ एण्ड वार’को निर्माण र रिलिज प्रक्रियामा प्रभाव पार्ने सम्भावना व्यक्त गरिंदैछ। फिल्म प्रेम र युद्धको कथामा आधारित भएकाले दर्शकहरूको बीचमा यसलाई निकै ठूलो अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?