जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘मोहर’को बक्स अफिसमा उत्साहजनक यात्रा, ग्रस कमाइ ५ करोडको नजिक

काठमाडौँ – निर्देशक ओम प्रतीकको निर्देशनमा तयार भएको फिल्म ‘मोहर’ ले बक्स अफिसमा राम्रो कमाई गरेको छ। प्रदर्शनको २६औँ दिनसम्म फिल्मले ४ करोड ९२ लाख रुपैयाँ ग्रस कमाइसकेको छ र छिट्टै ५ करोडको आँकडा नजिक पुग्ने अनुमान छ।

१ करोड ८६ लाख रुपैयाँको बजेटमा बनेको यो फिल्मले बक्स अफिसबाटै आफ्ना लगानी फिर्ता गरिसकेको छ। फिल्मको प्रदर्शन अझै जारी रहेको र आगामी सप्ताहन्तमा यसको कमाइ ५ करोडभन्दा माथि जाने सम्भावना रहेको छ।

फिल्मले कलाकार पल शाह, नीति शाह र बेनिशा हमाललाई ठूलो राहत दिएको छ। पल र नीतिको जोडी दर्शकहरूले मन पराएका छन् भने बेनिशा पनि लामो समयपछि सफल फिल्ममा देखिएकी छन्।

निर्देशक ओम प्रतीकको पनि यो फिल्मले सफल कमब्याक गराएको बताइएको छ। फिल्मको कथावस्तु सुदूरपश्चिमको देउकी प्रथामा आधारित छ। सामाजिक विषयवस्तु भएकाले फिल्मले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ र यसले नेपाली चलचित्रमा नयाँ पहिचान बनाएको छ।

फिल्मको प्रदर्शन चौथो हप्ता पुगे पनि कलाकार र टोलीले प्रचारप्रसारमा सक्रियता देखाइरहेका छन्। देशभरिका विभिन्न हलहरूमा फिल्मको शोज संख्या स्थिर रहँदै आएको छ।

नेपालभरिका १६५ वटा सिनेमा हलहरू रियल टाइम बक्स अफिस प्रणालीसँग जडान छन् जसले फिल्मको कमाइ पारदर्शी बनाएको छ। ‘मोहर’ ले नेपाली चलचित्रमा सामाजिक कथावस्तुमा आधारित फिल्मको सफलताको नयाँ उदाहरण प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?