जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रेम, बिछोड र एक्सनले भरिपूर्ण ‘प्रेम गीता’ को टिजर सार्वजनिक

काठमाडौँ – राजेन्द्र बस्नेतको निर्देशनमा बनेको नयाँ चलचित्र ‘प्रेम गीता’ को टिजर मंगलबार ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। १ मिनेट ११ सेकेण्ड लामो टिजरमा मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशील पोखरेल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

टिजरमा प्रेम, बिछोड र एक्सनका विभिन्न भावहरूले भरिएको कथाको संकेत गरिएको छ। चलचित्रले प्रेमपछिको सम्बन्ध र बिछोडसँग सम्बन्धित कथा प्रस्तुत गर्ने देखिन्छ।

फिल्म ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालि को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जाहान्वी बस्नेत, सुशील पोखरेल, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुस्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीले अभिनय गरेका छन्।

साजिद खान प्रस्तुतकर्ता रहेका छन् भने अयाज अलि खान निर्माता छन्। विनयराज पौडेल मुख्य सहायक निर्देशक हुन्। लेखन मौनता श्रेष्ठले गरेकी छन् भने छायांकन रामेश्वर हुँमागाईले गरेका छन्। भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व निर्देशन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

निर्देशक राजेन्द्र बस्नेतले यो चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन्। चलचित्र माघ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।‘प्रेम गीता’ समसामयिक प्रेमकथा र बिछोडका भावनाहरूलाई समेट्दै नेपाली सिनेमा प्रेमीहरूबीच उत्सुकता जगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?