जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्व पुस्तक मेलामा नेपाली कविता ‘टुङ्ना’

काठमाडौं – भारतको राजधानी दिल्लीमा आयोजना भइरहेको विश्व पुस्तक मेला २०२४ को दोस्रो दिन नेपाली कवि अमर आकाशको पहिलो कविता सङ्ग्रह ‘टुङ्ना’ र ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क आज विमोचन गरिएको छ ।

सो अवसरमा कवि तथा अनुवादक युयुत्सु आरडी शर्माले आफूले अङ्ग्रेजीमा उल्था गरेको कवि आकाशको ‘टुङ्ना’ शीर्षकको कविता स्वयंले नै पढेर सुनाएका थिए । मनोज कृष्ण, मन्दिरा घोष, उषा मुजु मुन्सी, रचना जोशी, सन्जुला शर्मा, पुनम सुरी, रुम्की वसु, स्वाती राम्बल शर्मा, प्रियशा मोहन्ती, इभाल भारतीसहित कविले पनि नेपाली, तमिल, हिन्दी, अङ्ग्रेजीलगायत भाषामा कविता वाचन गरेका थिए ।

ह्वाइट लोटस बुक सप, कुपन्डोल ललितपुरका प्रमुख सिर्जना भण्डारीले यस्ता कार्यक्रमले अलग मुलुकबीच सांस्कृतिक आदानप्रदानका साथै भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने र कविहरूलाई विश्वभर परिचित गराउने बताए ।

कार्यक्रममा ओडिया कवि तथा पूर्वराजदूत अमरेन्द्र खटुआ, कवि तथा इतिहासकार राधा चक्रवर्तीलगायत भारतीय कविको सहभागिता थियो । शनिबारदेखि सुरु भएको पुस्तक मेला आगामी फागुन ६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?