जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एएफसी यू–२३ छनोटमा नेपाल ४–० ले ताजिकिस्तानसँग पराजित

काठमाडौँ– एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह ‘के’को पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ४–० ले पराजित भएको छ।

ताजिकिस्तानका फरवार्ड मुहम्मद अली अजिजबोएभले दुई गोल गरे भने रहमत्शोह रमात्जोदा र देलर शारिपोभले समान एक गोल थपे। पहिलो हाफमा एक गोलले अगाडि रहेको ताजिकिस्तानले दोस्रो हाफमा थप तीन गोल गर्दै जित पक्का गर्‍यो।

अजिजबोएभले ३९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ५८औँ मिनेटमा अर्को गोल थपे। त्यसपछि निर्धारित समय सकिनै लाग्दा रमात्जोदाले बल जालीमा पठाए। इन्जुरी समयमा शारिपोभले थप गोल गर्दै अन्तर ४–० पुर्‍याए।

खेलको अन्त्यतिर फ्लडलाइटमा समस्या आउँदा केहीबेर खेल रोकिन पुगेको थियो। त्यसपछि नेपालले खेलमा आफ्नो नियन्त्रण गुमाएको देखियो र ताजिकिस्तानले थप सहज अवसर पाए।

यसअघि बुधबारै सम्पन्न अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले हराएको थियो। नेपालले शनिबार दोस्रो खेलमा सिरियासँग भिड्नेछ। यो खेलमा हार बेहोरे नेपालका लागि यू–२३ एसियन कपमा पुग्ने सम्भावना समाप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?