जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शाहरुख खानकी छोरी सुहानाको जग्गा कारोबारमा समस्या, कलेक्टरको अनुमति नलिएको आरोप

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान जग्गा कारोबारमा विवादमा परेकी छन्। महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानहरूलाई खेतीका लागि दिएको जग्गा सुहानाले किनेपछि समस्या आएको हो।

सुहानाले यो जग्गा मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट करिब १२.९१ करोड रुपैयाँमा किनेकी थिइन्। तर, जग्गा किन्ने क्रममा कलेक्टरबाट आवश्यक अनुमति नलिइएको र कानुनी प्रक्रिया पूरा नगरेको आरोप लागेको छ। मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान गर्न अलिबाग तहसीलदारलाई रिपोर्ट मागेको छ।

महाराष्ट्रको कृषि भूमि ऐन, १९६१ अनुसार, केवल किसान वा किसान परिवारले मात्र कृषि भूमि खरिद गर्न पाउँछन्। गैरकिसानहरूले कृषि भूमि खरिद गर्न नपाउने नियम छ। साथै, किसानलाई दिइएको जग्गा सिधै बिक्री गर्न सकिंदैन र त्यसका लागि कलेक्टरको अनुमति लिनुपर्छ।

सुहाना चाँडै फिल्म ‘किङ’ मा देखा पर्ने तयारीमा छिन्, जुन उनको दोस्रो फिल्म हुनेछ। यसअघि उनले ‘द आर्चीज’ बाट डेब्यु गरिसकेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?