जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सौगात मल्ल मुख्य भूमिकामा, नयाँ फिल्म ‘जुबा’को निर्माण घोषणा

काठमाडौँ  – नेपाली सिनेमा क्षेत्रमा एक नयाँ प्रोजेक्ट ‘जुबा’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। अस्त्र फिल्मस्को प्रस्तुति रहने यो फिल्ममा अभिनेता सौगात मल्ल प्रमुख भूमिकामा देखिनेछन्। साथमा, अभिनेता सुधन पोखरेलको पनि फिल्ममा अभिनय रहनेछ।

फिल्मको निर्देशन र लेखन प्रकाश कर्णले गर्ने भएका छन् भने सह–लेखकको रूपमा वर्षा पौडेल संलग्न रहेकी छिन्। कर्ण र पौडेल क्रिएटिभ प्रोड्युसरको भूमिकामा पनि रहनेछन्।

‘जुबा’मार्फत नयाँ अभिनेत्री सोफी धरेलले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्नेछिन्। फिल्ममा सौगात र सोफीको जोडी पहिलोपटक पर्दामा देखिन लागिएको हो।

फिल्मको घोषणा समारोहसँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ, जसले फिल्मप्रति दर्शकमा प्रारम्भिक उत्सुकता जगाएको छ।

रक क्यास्टर स्टुडियोको निर्माणमा बन्ने फिल्म ‘जुबा’को कथा र अन्य प्राविधिक पक्षबारे निर्माण पक्षले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?