जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि सुरु हुने

काठमाडौँ – नेपाल कला तथा संस्कृति महोत्सव आगामी शुक्रबारदेखि राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा सुरु हुँदैछ। महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको छ।

आयोजक नेपाल कला परिषद्का अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ। नेपाल पर्यटन बोर्ड र परिषद्को सहकार्यमा आयोजना हुने महोत्सवमा काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुर महानगरपालिकाहरूको समेत सहकार्य रहनेछ। महोत्सव असोज १० गतेसम्म चल्नेछ।

परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, महोत्सवमा देशको सांस्कृतिक वैभव, सम्पदा र मौलिकताको चित्रमय प्रस्तुति रहनेछ। प्रदर्शनीमा देशभरिका ख्यातिप्राप्त चित्रकारहरूको सृजना समावेश गरिनेछ।

इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौं उपत्यकाको परम्परागत कला, वास्तुकला, सांस्कृतिक सम्पदा र जीवनशैली झल्काउने सामग्रीहरू प्रदर्शनीमा राखिनेछ।

आयोजकले महोत्सवलाई सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?