जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल भदौ २० गते शुक्रबारको राशिफल

काठमाडौं। आज २०८२ साल भदौ २० गते शुक्रबार। भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ५ तारिख। मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। लागौं आजको राशिफलतिर:

मेष: समय मध्यम खालको छ। विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

बृष: समय शुभ रहनेछ। सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ। अरुको पछि लाग्नु भन्दा पनि आफ्नै परिश्रमको भर पर्नु राम्रो हुन्छ। बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ।

मिथुन: सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ।

कर्कट : लगानी गरेमा राम्रो हुनेछ। चिताएको काममा सफलता पाउनु हुनेछ। रोकिएका काम सम्पादन हुनेछन। घरायसी सुखको अनुभूति हुनेछ। सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ।

सिंह: काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ।

कन्या: मन फुरुङ्ग हुनेछ। ताकेका काममा सफलता मिल्नेछ। विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहने छ। मनग्ये धनलाभ हुनेछ। व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिने छ। व्यापार–व्यवसायमा लाभ हुनेछ।

तुला: आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ। व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ।

वृश्चिक: बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ।

धनु: बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ। कमाएको धन सञ्चित हुनेछ पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ। घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ। कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ।

मकर: आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ। विगतमा दिएको वचन पूरा गरिने छ। सामान्य लाभ हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। टाढिएका साथीभाइ नजिकिने छन।

कुम्भ: पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ। सहयोगीहरूले सकेको सहयोग गर्नेछन। शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ। विभिन्न अवसरले पछ्याउने छन।

मीन: भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?