जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आमा बन्ने सपना पूरा गर्न अण्डा फ्रिज गर्ने सही उमेर २५–३० उपयुक्त

काठमाडौँ – क्यारियर, पारिवारिक जिम्मेवारी र स्वास्थ्य सम्बन्धी कारणले आमा बन्न ढिला गर्न चाहने महिलाहरूका लागि ‘अण्डा फ्रिजिङ’ अर्थात अण्डा सुरक्षित राख्ने प्रविधि उपयोगी विकल्पका रूपमा स्थापित हुँदै गएको छ। प्रजनन स्वास्थ्य विशेषज्ञहरूका अनुसार २५ देखि ३० वर्ष उमेरकै अवधिमा अण्डा फ्रिज गर्नु सबैभन्दा उपयुक्त मानिन्छ।

हालै अभिनेत्री सोहा अली खानले आफ्नै पोडकास्ट ‘अल अबाउट हर’ मा अण्डा फ्रिजिङसम्बन्धी अनुभव साझा गर्दै ३५ वर्षको उमेरमा अण्डा फ्रिज गराउन खोज्दा चिकित्सकले “अब ढिलो भइसकेको” बताएको उल्लेख गरेकी थिइन्। उनका अनुसार, डाक्टरले अण्डाशयको उमेर हेर्ने भएकाले अनुहारको युवावस्थाले कुनै अर्थ राख्दैन भन्ने स्पष्ट पारेका थिए।

अण्डाको गुणस्तर उमेरसँगै घट्ने

प्रजनन विशेषज्ञहरूका अनुसार महिलाको अण्डाको संख्या जन्मेदेखि नै निश्चित हुन्छ।

३० वर्षपछि अण्डाको गुणस्तर र संख्या दुबैमा गिरावट आउन थाल्छ ।

४० वर्ष पुगेपछि अण्डाको संख्या झन्डै ९० प्रतिशतले घटिसकेको हुन्छ।

यसैले चाँडो निर्णय लिएर अण्डा सुरक्षित राखेमा भविष्यमा गर्भधारणको सम्भावना बढी रहन्छ।

अण्डा फ्रिजिङको लागत प्रारम्भिक रूपमा १ देखि ३ लाख रुपैयाँसम्म पर्न सक्छ भने, वार्षिक भण्डारण शुल्क १०,००० देखि ३०,००० रुपैयाँ सम्म हुने बताइएको छ। यद्यपि, अण्डा सुरक्षित राख्दैमा गर्भधारण हुने सुनिश्चितता भने नरहेको चिकित्सकहरू बताउँछन्।

विशेषज्ञहरूको भनाइमा, अण्डा फ्रिज गराउनु अघि महिलाले आफ्नो जैविक घडी, शारीरिक अवस्था र प्रजनन स्वास्थ्यबारे विस्तृत परीक्षण गराउनुपर्छ। हरेक महिलाका लागि यो प्रक्रिया आवश्यक नहुन सक्छ।

आधुनिक प्रविधिको सहायताले महिलाहरूले अब आफ्नो अनुकूल समयमा आमा बन्ने विकल्प सुरक्षित राख्न सक्ने सम्भावना बढेको छ। तर, समयमै सही निर्णय र चिकित्सकीय परामर्श अत्यावश्यक रहेको विज्ञहरूले सुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?