जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल र बंगलादेश आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं- नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। 

नेपाल र बंगलादेशबीचको खेल काठमाडौंस्थित दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ। खेल इन्टरनेशनल विन्डोअन्तर्गत आयोजना गरिएको छ र नेपालले यसलाई आगामी एएफसी एसियन कप–२०२७ छनोटको तयारीको रूपमा लिएको छ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ अन्तर्राष्ट्रिय खेल भएका छन्। यसमा नेपालले १३ खेल जितेको छ भने बंगलादेशले ८ खेल आफ्नो पक्षमा पारेको छ। बाँकी ३ खेल बराबरीमा सकिएका थिए।

दोस्रो मैत्रीपूर्ण खेल भदौ २४ गते हुनेछ। दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?