जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

असुरक्षित भीपीएन प्रयोग नगर्न आम नागरिकलाई मन्त्रालयको अपिल

काठमाडौँ – सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही डिजिटल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख छ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरद्वारा जारी विज्ञप्तिअनुसार, सूचीकरणका लागि कुनै शुल्क नलाग्ने र सूचीकरण गरेलगत्तै प्लेटफर्म पुनः सक्रिय हुने स्पष्ट गरिएको छ। मन्त्रालयले सर्वोच्च अदालतको आदेशअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउने प्रक्रिया अघि बढाइसकेको जानकारीसमेत दिएको छ।

यसअन्तर्गत भदौ २२ सम्ममा ‘स्मार्ट आइडिया प्रा.लि.’ (हाम्रो पात्रो) र ‘ग्लोबल डायरी प्रा.लि.’ दर्ता भई सक्रिय भइसकेका छन् भने ट्विटर (एक्स) र विच्याटले सूचीकरणका लागि विवरण मागेको मन्त्रालयले जनाएको छ।

सूचीकरण नभएका सञ्जाल प्रयोग गर्न भिपिएन (VPN) जस्ता असुरक्षित माध्यम नप्रयोग गर्न नागरिकलाई अनुरोध गर्दै, मन्त्रालयले सरकारको कदम सञ्जाललाई नियन्त्रण वा प्रतिबन्ध होइन, बरु व्यवस्थित र जवाफदेही प्रयोगको वातावरण निर्माणका लागि भएको स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?