जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतीय कमेडियन जाकिर खान स्वास्थ्य समस्याका कारण स्टेज शोजबाट ब्रेकमा

काठमाडौँ – भारतीय चर्चित कमेडियन जाकिर खानले स्वास्थ्य समस्याका कारण केही समयका लागि स्टेज शोजबाट ब्रेक लिने घोषणा गरेका छन्।

न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डनमा प्रस्तुति दिने पहिलो भारतीय कमेडियन बनेका जाकिरले सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ब्रेकको निर्णय सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्, “म गत १० वर्षदेखि लगातार टुरमा छु। दिनमा २–३ शो, रातभर निन्द्रा नपाउनु, बिहानै फ्लाइट समात्नु, निश्चित समयमा खान नपाउनु सजिलो थिएन।” उनले करिब एक वर्षदेखि बिरामी अवस्थामै काम गरिरहेको उल्लेख गरेका छन्।

तर अब डाक्टरको सल्लाहमा केही समय टुर तथा स्टेज कार्यक्रमबाट विश्राम लिने निर्णय लिएको उनले बताएका छन्।

जाकिरका अनुसार अबको इन्डिया टुरमा पनि केवल सीमित सहरहरूमा मात्र प्रस्तुति हुनेछ र नयाँ शो थपिने छैनन्। आगामी विशेष कार्यक्रमको रेकर्डिङपछि उनी लामो ब्रेकमा जाने तयारीमा छन्।

करिब एक दशकदेखि लगातार अन्तर्राष्ट्रिय टुर गर्दै आएका जाकिरले आफ्ना प्रशंसकहरूको माया र समर्थनप्रति आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?