जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनयमा डेब्यू गर्दै एमएस धोनी, आर माधवनसँग ‘द चेज’ मा देखिँदै

काठमाडौँ – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी अब अभिनयमा देखा पर्न लागेका छन्। उनी अभिनेता आर माधवनसँग नयाँ प्रोजेक्ट ‘द चेज’ मा देखिने भएका हुन्।

अभिनेता माधवनले आइतबार सामाजिक सञ्जालमा ‘द चेज’ शीर्षकको टिजर सार्वजनिक गरेका छन्। टिजरमा धोनी र माधवन दुवै कालो पोशाक र सनग्लासमा देखिन्छन्, जसमा उनीहरू हातमा बन्दुक बोकेर फायरिङ गरिरहेको दृश्य देखिन्छ।

फिल्म हो वा वेब सिरिज भन्ने विषयमा हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर, यस प्रोजेक्टको निर्देशन आलिया भट्टको ‘जिगरा’ फिल्म निर्देशन गरिसकेका वासन बालाले गरेका हुन्।

सो टिजरसँगै माधवनले लेखेका छन्, “एक मिशन, दुई फाइटर। तयार रहनुहोस्, एक धमाकेदार चेज सुरु हुँदैछ। ‘द चेज’ को टिजर सार्वजनिक भएको छ।”

यसअघि सन् २०१६ मा धोनीको जीवनमा आधारित फिल्म ‘एम.एस. धोनी: द अनटोल्ड स्टोरी’ सार्वजनिक भएको थियो। फिल्ममा स्व. सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गरेका थिए। करिब १०४ करोड बजेटमा बनेको उक्त फिल्मले २१६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो।

धोनीले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान मध्ये एक मानिन्छन्।

उनको कप्तानीमा भारतले सन् २००७ को टी–२० विश्वकप, र सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो। हाल धोनी चेन्नई सुपर किंग्स (सीएसके) बाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दै आइरहेका छन्। उनी आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् (२७८ खेल),

कप्तानीमा ५ पटक च्याम्पियन बनाएका छन्, र १३६ खेलमा जित दिलाउने एकमात्र कप्तान बनेका छन्। अभिनयमा प्रवेशसँगै धोनीको नयाँ यात्राले उनलाई मनोरञ्जन उद्योगमा समेत स्थापित गराउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?