जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सलमान खान फोहोरी र गुण्डा हुन् : निर्देशक अभिनव कश्यपको गम्भीर आरोप

काठमाडौँ – फिल्म निर्माता अभिनव कश्यपले बलिउड सुपरस्टार सलमान खान र उनको परिवारमाथि गम्भीर आरोप लगाएका छन्। फिल्म ‘दबंग’ का निर्देशक समेत रहेका कश्यपले सलमानलाई गुण्डा, फोहोरी, र अभिनयमा रुचि नभएको व्यक्ति भनेका छन्।

स्क्रिनसँगको अन्तर्वार्तामा कश्यपले सलमानको व्यवहार र कामप्रतिको दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै भने, “सलमान कहिल्यै संलग्न हुँदैनन्। उनी अभिनयमा रुचि राख्दैनन् र पछिल्लो २५ वर्षदेखि छैनन्। काममा आउँदा उपकार गरेजस्तो गर्छन्। उनी सेलिब्रेटी बन्ने शक्तिमा मात्र रुचि राख्छन्, तर अभिनयप्रति कुनै लगाव छैन। उनी गुण्डा हुन्, असभ्य र फोहोरी पनि।”

कश्यपले सलमानको परिवारलाई बलिउडमा ‘स्टार सिस्टम’का अगुवा भएको आरोप पनि लगाएका छन्। उनले भने, “सलमान ५० वर्षदेखि फिल्म उद्योगमा सक्रिय परिवारबाट आएका हुन्। उनीहरू सम्पूर्ण प्रणाली नियन्त्रण गर्छन्। यदि तपाईं उनीहरूसँग असहमत हुनुभयो भने, उनीहरूले तपाईंको करिअरमा बाधा पुर्‍याउँछन्। उनीहरू दण्ड दिने प्रवृत्तिका छन्।”

सन् २०१० मा रिलिज भएको सलमानको सुपरहिट फिल्म ‘दबंग’ अभिनव कश्यपकै निर्देशनमा बनेको थियो। फिल्मबाट सोनाक्षी सिन्हाले डेब्यू गरेकी थिइन् भने अरबाज खानले निर्माण गरेका थिए।

फिल्ममा सोनु सूद खलनायकको भूमिकामा थिए, डिम्पल कपाडिया, ओम पुरी, महेश मांजरेकर, र अनुपम खेरजस्ता कलाकारको पनि अभिनय थियो। फिल्मको सफलतापछि पनि कश्यप र खान परिवारबीचको सम्बन्ध चिसिएको थियो। ‘दबंग २’ र ‘दबंग ३’ मा कश्यप संलग्न थिएनन्।

अभिनव कश्यपले यसअघि पनि नेपोटिज्म र उद्योगभित्रको शक्ति प्रयोगका विषयमा आवाज उठाउँदै आएका छन्। तर, यसपटक उनले खुलेर नामै लिएर सलमान र उनको परिवारमाथि आरोप लगाउँदा बलिउडमा फेरि बहस सुरु भएको छ। हालसम्म सलमान खान वा खान परिवारको तर्फबाट यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?