जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दर्शकको मागपछि नाटक ‘गंगालाल’को समय थपियो

काठमाडौं – शिल्पी थिएटरले मञ्चन भइरहेको नाटक ‘गंगालाल’को समय अवधि थपेको छ । दर्शकको मागपछि यो नाटक अब फागुन ५ गतेसम्म मञ्चन हुने शिल्पीले विज्ञप्तिमार्फत जनाएको छ ।

यो नाटक माघ १९ गतेदेखि मञ्चन सुरु भएको थियो । नाटकमा दर्शक बढेकाले मञ्चनको समय लम्बाइएको नाटक निर्देशक तथा लेखक चे शंकरले बताए । शहीद गंगालाल श्रेष्ठको जीवनमा आधारित यो नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको हो ।

नाटकमा शहीद गंगालाललाई क्रान्तिकारी मात्र नभई पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको छ । १९९१ सालदेखि १९९७ सम्म नेपाली राजनीतिमा भएका घटनाक्रम र गंगालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको छ ।

यो नाटकमा शहीद धर्मभक्त, शुक्रराज र दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिएका छन् । गंगालाललाई भिन्न दृष्टिकोणबाट बुझ्न पनि विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारले यो नाटक हेर्नुपर्छ।

नाटकमा निर्भिक, शकु शाह, इनारा बानु, दीपक पछल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?