जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अक्षय कुमारको ‘जोली एलएलबी ३’ ले पहिलो दिन धमाका गर्ने तयारी, १५ करोड कमाई गर्ने अनुमान

काठमाडौं । बलिउडका सुपरस्टार अक्षय कुमार आफ्नो २०२५ को चौथो फिल्म ‘जोली एलएलबी ३’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। यसअघि ‘स्काई फोर्स’, ‘केसरी च्याप्टर २’ र ‘हाउसफुल ५’ बाट सफलताका स्वाद चाखेका अक्षयले यस पटक ‘जोली एलएलबी ३’ मा अरशद वारसीसँग मुख्य भूमिकामा रहेका छन्।

दुवै कलाकारको नाम ‘जोली’ रहेको यो फिल्ममा दुईबीचको झगडा र हास्यले दर्शकहरूलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ। फिल्मको ट्रेलरलाई पनि दर्शकहरूले निकै मन पराएका छन् भने यसको निर्देशक सुभाष कपूर हुन्। कोइमोईका अनुसार, हालको बक्स अफिस ट्रेन्डलाई हेर्दा ‘जोली एलएलबी ३’ ले पहिलो दिन करिब १५ करोड रूपैयाँ कमाउन सक्छ।

यो कमाईले अक्षय कुमारका कोभिडपछि रिलिज भएका फिल्महरूमा शीर्ष १० ओपनरहरूको छैटौं स्थानमा पुग्ने अनुमान छ। यसले ‘बच्चन पाण्डे’, ‘ओएमजी २’, ‘केसरी २’, ‘रक्षा बन्धन’ र ‘सम्राट पृथ्वीराज’ जस्ता फिल्मलाई पछाडि पार्नेछ।

फिल्ममा अक्षय र अरशदका साथै हुमा कुरेशी, अमृता राव, बोमन इरानी, र अन्नु कपूरजस्ता कलाकारहरू पनि छन्। ‘जोली एलएलबी ३’ सेप्टेम्बर १९ मा रिलिज हुनेछ र यसले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?