जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘जारी २: सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा, अब कार्तिक ६ गते रिलिज हुने

काठमाडौं। संविधान दिवस (असोज ३) मा प्रदर्शन हुने भनिएको नेपाली सिनेमा ‘जारी २: सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। अब यो बहुप्रतीक्षित सिनेमा कार्तिक ६ गते, भाइटीकाको दिन देशभर प्रदर्शनमा आउने भएको हो।

निर्देशक उपेन्द्र सुब्बा का अनुसार हालको जेनजेड पुस्ताको आन्दोलनका कारण प्रचार–प्रसारका लागि पर्याप्त समय नपाएकाले सिनेमा रिलिज मिति सारिएको हो। मंगलबार निर्माण टिमले दुईवटा नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेको हो।

पोस्टरमध्ये पहिलोमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देखिन्छन्। दोस्रो पोस्टरमा उनीहरूका साथै बुद्धि तामाङ र विजय बराल पनि प्रस्तुत छन्। पोस्टरहरूबाट सिनेमा लिम्बु समुदायको संस्कृति र कथावस्तुमा आधारित भएको संकेत गरिएको छ।

उपेन्द्र सुब्बाकै लेखन तथा निर्देशनमा बनेको यो सिनेमा ‘जारी’ (२०८०) को सिक्वेल हो, जसले बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढी कमाई गर्दै ब्लकबस्टर सफलताको रेकर्ड राखेको थियो।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा बनेको ‘जारी २’ का निर्माता रामबाबु गुरुङ, मधु मिजार, र जीवन गुरुङ हुन्। सिनेमामा दयाहाङ, मिरुना, विजय, बुद्धि बाहेक ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ। सिनेमाको नयाँ प्रदर्शन मिति घोषणासँगै यसको प्रचार अभियान फेरि तिव्र हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?