जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रधानमन्त्री मोदीको ७५औं जन्मदिनमा नयाँ बायोपिक ‘माँ वन्दे’को घोषणा, उन्नी मुकुन्दन मुख्य भूमिकामा

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार आफ्नो ७५औं जन्मदिन मनाउँदै छन्। यो अवसरमा उनलाई देश–विदेशबाट शुभकामनाको ओइरो लागिरहेको छ। यस्तै अवसर पारेर मोदीको जीवनमा आधारित नयाँ बायोपिक फिल्म ‘माँ वन्दे’ को घोषणा गरिएको छ।

सिल्भर कास्ट क्रिएशन्सको ब्यानरमा बन्ने यो बायोपिकमा मलयालम सुपरस्टार उन्नी मुकुन्दन ले प्रधानमन्त्री मोदीको भूमिका निभाउने छन्। निर्माण पक्षले फिल्मको आधिकारिक पोस्टर पनि सार्वजनिक गरेको छ।

निर्माताहरूका अनुसार ‘माँ वन्दे’ अन्तर्राष्ट्रिय मापदण्ड र उच्चस्तरीय VFX प्रविधिसहित निर्माण गरिनेछ। फिल्मले मोदीको बाल्यकालदेखि लिएर प्रधानमन्त्री पदसम्मको यात्रा समेट्नेछ। विशेषगरी आमा हीराबेन मोदीसँगको सम्बन्धलाई कथाको मूल विषय बनाइने बताइएको छ।

निर्देशक क्रान्ति कुमार सीएच ले फिल्म लेखन र निर्देशन गर्नेछन् भने निर्माता वीर रेड्डी एम यसलाई निर्माण गर्नेछन्। फिल्म अंग्रेजीसहित विभिन्न भाषाहरूमा निर्माण गरिने जानकारी दिइएको छ।

प्रधानमन्त्री मोदीको बायोपिक यसअघि पनि सन् २०१९ मा बनिसकेको थियो, जहाँ अभिनेता विवेक ओबेरॉय ले मोदीको भूमिका निर्वाह गरेका थिए। तर यसपटकको फिल्मले कथावाचन शैली, प्रविधि र प्रस्तुतिमा नयाँपन ल्याउने निर्माण पक्षको विश्वास छ।

मोदीको भूमिकामा देखिन लागेका उन्नी मुकुन्दन मलयालम फिल्म ‘मार्को’ र ‘गरुदन’ जस्ता एक्सन फिल्महरूका लागि परिचित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?