जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

१५ करोड भ्यूज पार गर्दै ‘रुकुम मैकोट’ले कायम राख्यो लोकप्रियता

काठमाडौं । फिल्म ‘खुस्मा’ को चर्चित गीत ‘रुकुम मैकोट’ युट्युबमा १५ करोड भ्यूज पार गर्दै नेपाली डिजिटल संगीतको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।

२०८१ माघ २४ गते सार्वजनिक यो गीतले सबैभन्दा छिटो १० करोड भ्यूज पार गर्ने नेपाली गीतको कीर्तिमान बनाएको थियो। युट्युबमा रिलिज भएको एक वर्ष बितिसक्दा पनि गीतको लोकप्रियता उस्तै रहेको देखिन्छ।

यस गीतले डेढ महिनासम्म युट्युबको ग्लोबल ट्रेन्डिङ मा रहँदै अर्को रेकर्ड पनि बनाएको थियो। साथै, सम्भवतः सबैभन्दा धेरै टिकटक भिडियो बन्ने नेपाली गीत पनि यही हो भन्ने अनुमान गरिएको छ।

गीतमा एसडी योगीको संगीत, योगी र शान्तिश्री परियारको स्वर, र सुरेन्द्र रानाको शब्द रहेको छ। धीरज मगर र उपासना सिंह ठकुरी को अभिनय रहेको म्युजिक भिडियोले गीतको प्रभाव अझ सशक्त बनाएको छ। लोकलय, मनछुने शब्द र सजिलो धुन का कारण ‘रुकुम मैकोट’ नेपाली श्रोतामाझ अझै चर्चामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?