जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

देउडा क्षेत्रका बादशाह प्रकाश थापाको “पँहेली धानका बाला २” सार्वजनिक

काठमाडौं। लोक तथा देउडा गायनमा परिचित गायक प्रकाश थापाको मार्मिक देउडा गीत “पँहेली धानका बाला २” भिडियोसहित सार्वजनिक भएको छ। दशैँ-तिहार विशेष गीत बुधबार थापाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

२०६१ सालमा एल्बम “मुटु जल्याकै छ” मा समावेश भएको “पँहेली धानका बाला” को यो सिक्वेल हो। परदेशी जीवनको पीडा र चाडपर्वको वेला परिवारबाट टाढा बस्नुपर्ने बाध्यतालाई गीतमा गहिरो भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।

गीतमा गायक प्रकाश थापा र गायिका देवी घर्तीको समधुर स्वर रहेको छ भने शब्दमा थापा, राजेन्द्र शाह “विपी” र अमर विकको योगदान रहेको छ। संगीत संयोजन थापा र अमर विकले गरेका छन्।

विनोद बाजुरेलीको एरेञ्ज, खडक बाजुरेलीको मिक्सिङ, राजेन्द्र बाजुरेलीको भोकल एडिट, सागर बाजुरेली र डम्मर विकको रेकर्डिङ रहेको गीतमा गौरव गिरीको निर्देशन रहेको छ।

भिडियोमा राजकुमार सिंह, सामिया कार्कीलगायत कलाकारको अभिनय रहेको छ। गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

गायक थापाले “पँहेली धानका बाला २” ले पनि अघिल्लो भाग जस्तै श्रोता-दर्शकको माया जित्ने विश्वास व्यक्त गरेका छन्। साथै, गीत हेरेर- सुनेर सुझाव र प्रतिक्रिया दिनुहुन सबैलाई आग्रह गरेका छन्।

दशैँ-तिहारमा घर जान नपाउने परदेशी नेपालीको पीडा, आमाबाबु- दिदीबहिनीको भावुक प्रतिक्षा र चाडबाडको वियोगान्त अनुभूतिलाई गीतमा मार्मिक ढंगले समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?