जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नारायण गजमेर र मेलिना राईको स्वरमा दशैं गीत ‘टिका जमरा’ सार्वजनिक हुँदै

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक नारायण गजमेर र लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको दशैं विशेष गीत ‘टिका जमरा’ आउँदो साता सार्वजनिक हुने भएको छ।

गीतलाई चर्चित संगीतकार तथा निर्देशक दीपक राज विश्वकर्माले तयार पारेका हुन्। मौलिक नेपाली संस्कृति झल्काउने गीतमा लिङ्गे पिङ लगायतका परम्परागत दृश्यहरूलाई म्युजिक भिडियोमार्फत प्रस्तुत गरिएको छ। बडा दशैंको पवित्र अवसरलाई सम्झँदै ठूलाबडाको आशीर्वाद र माया साट्ने सन्देश गीतले दिन खोजेको निर्देशक विश्वकर्माको भनाइ छ।

दुर्गा खाती गजमेरको प्रस्तुतिमा तयार भएको भिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेलीको अभिनय देख्न सकिनेछ। भिडियोको छायांकन विशाल थापा र रमेश दियालीले गरेका छन् भने रोशन विश्वकर्माको कोरियोग्राफी र दिनसनको सम्पादन रहेको छ।

विशेष कुरा के छ भने, गायक गजमेरका ९ वर्षीय छोरा निश्चल गजमेरले पनि मेल भोकल टेक गरी गीतमा आवाज दिएका छन्। विदेशमा रहेर पनि नेपाली संगीतमा निरन्तर सक्रिय गायक गजमेरले यसअघि आधा दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?