जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘परान’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा बनेको नेपाली फिल्म ‘परान’ ले १४ कात्तिकलाई आफ्नो अधिकृत प्रदर्शन मितिका रूपमा घोषणा गरेको छ।

फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो। पोस्टरमा कलाकार महेश त्रिपाठी र अञ्जना बराइलीलाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिएको छ।

पोस्टरमा उल्लेखित “सासले हैन, साथले चल्ने” भन्ने ट्यागलाइनले फिल्मको कथावस्तु भावनात्मक सम्बन्धको गहिराइमा आधारित रहेको संकेत गर्छ।

गोल्छा समूह र प्रिज्मा समूहको सह–निर्माणमा बनेको यो फिल्म बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको हो। यो ब्यानरको पहिलो प्रोजेक्टका रूपमा फिल्म प्रस्तुत गरिएको छ।

बाइस्कोपका प्रबन्ध निर्देशक रन्जित आचार्यले फिल्मलाई स्तरीय बनाउन कुनै कसर बाँकी नराखिएको बताए।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, लगायतका चर्चित कलाकारको अभिनय रहेको छ।

यम थापाले पटकथा तथा संवाद लेखेका हुन् भने शिवराम श्रेष्ठको छायांकन, मित्र गुरुङको सम्पादन र रिदम कँडेलको संगीत रहेको फिल्ममा प्रमोद खरेल, पुष्पण प्रधान र रचना रिमालको स्वर रहेको छ।

निर्देशक आचार्यका अनुसार, फिल्म पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ र अब प्रचारप्रसारलाई तीव्र बनाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?