जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दीपिका पादुकोण ‘कल्की: २८९८ एडी’ को दोस्रो श्रृंखलाबाट बाहिरिइन्

काठमाडौं । दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘कल्की: २८९८ एडी’ को दोस्रो श्रृंखलामा अभिनेत्री दीपिका पादुकोण अब नदेखिने भएकी छन्। फिल्मका निर्माताले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत अभिनेत्री पादुकोणको फिल्मबाट बाहिरिएको औपचारिक घोषणा गरेका हुन्।

निर्माताले सामाजिक सञ्जालमा लेखेका छन्, “गहिरो सोचविचारपछि हामीले अलग हुने निर्णय गरेका छौं। पहिलो फिल्मको लामो यात्राका बाबजुद पनि हामी सहि साझेदारी बनाउन सकेनौं। ‘कल्की २८९८ एडी’ जस्ता फिल्मलाई पूर्ण प्रतिबद्धता र अनेकौं पक्षहरूको आवश्यकता पर्छ। हामी दीपिकाजीलाई आगामी परियोजनाहरूका लागि शुभकामना दिन चाहन्छौं।”

दीपिकाको बाहिरिएको पुष्टि भए पनि प्रभास र अमिताभ बच्चन भने दोस्रो श्रृंखलामा पनि निरन्तर देखिनेछन्। पहिलो श्रृंखला निर्देशन गरेका नाग आश्विन नै दोस्रो भागको पनि निर्देशन सम्हाल्नेछन्।

सन् २०२४ मा प्रदर्शनमा आएको ‘कल्की: २८९८ एडी’ ले महाभारतको कुरुक्षेत्र युद्धको अन्त्यदेखि लिएर भविष्यको वर्ष २८९८ सम्मको कथा चित्रण गर्दै दर्शकमाझ नयाँ ढंगको अनुभव प्रस्तुत गरेको थियो। फिल्मले विश्वव्यापी रूपमा १०४२ करोड भारतीय रुपैयाँ भन्दा बढीको कारोबार गर्दै बक्स अफिसमा ठूलो सफलता हात पारेको थियो।

हालसम्म दीपिकाको बाहिरिएपछि फिल्मको कथामा कस्तो परिवर्तन आउनेछ भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन। तर निर्माता पक्षले दोस्रो श्रृंखलामा पनि उच्च स्तरको निर्माणमूलक मापदण्ड कायम गर्ने संकेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?