जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दशैंको फूलपातीमा प्रदर्शन हुने ‘माइतीघर’को ट्रेलर सार्वजनिक

काठमाडौं । दशैंको फूलपातीका अवसरमा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथावस्तु, पात्रहरू र परिवेश प्रष्ट देखाइएको छ।

उपासना सिंह ठकुरीलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको फिल्ममा प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे (माग्ने बुढा) र श्यामाश्री शेर्पा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

फिल्म पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित रहेको छ। तामाङ समुदायको कथालाई मूल आधार बनाइएको भए पनि फिल्मको छायांकन म्याग्दी जिल्लाको ताकम क्षेत्रमा गरिएको हो।

फिल्मको निर्देशन मिलन तामाङले गरेका छन् भने निर्माण रोहित अधिकारी फिल्म्सको ब्यानरमा गरिएको हो। रविन शेरचन र धीरज तामाङ फिल्मका निर्माता हुन्। ‘माइतीघर’ आगामी असोज १३ गते, दशैंको फूलपातीका दिनदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?