जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘वरिष्ठ बलराम’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं। दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

फिल्ममा समृद्धि शाह, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ।

विष्णु पौडेल निर्देशित फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्म वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो। आशिष एच. तामाङ र श्रीराज कार्की फिल्मका निर्माता हुन्।

चितवनका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म सामाजिक कथावस्तुमा आधारित छ। फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य रहेको छ।

चलचित्र काठमाडौँ उपत्यकामा डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युसनमार्फत प्रदर्शनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?