जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्तो बन्यो ‘बलिदान’ फिल्मको शीर्ष गीत

काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘बलिदान’ को शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा सार्वजनिक गरिएको गीतमा आमा र मातृभूमिप्रतिको पुत्रको समर्पण र बलिदानको भावना समेटिएको छ।

गीतमा सुजन चापागाईंको स्वर र संगीत छ भने हर्क साउदको शब्दमा तयार भएको छ। संगीत संयोजन, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका हुन्। विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्।

गीतले जीवनको सुरुवात आमा र देशको काखबाट हुने र आवश्यक परे प्राणसमेत मातृभूमि र आमाको नाममा अर्पण गर्न तयार हुने सन्देश दिन्छ। गीतको भिडियोमा मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्मा फिचर्ड छन्। फिल्ममा ऋचाले समीरकी आमाको भूमिका निभाएकी छिन्।

आसुसेन फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्मको लेखन दर्शन जीले गरेका हुन्। पवन ब्राडफोर्ड विष्ट फिल्मका निर्माता हुन् भने प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्। फिल्मको निर्देशन सन्तोष सेनले गरेका हुन्।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल र रितेश जङ्ग पौडेलको अभिनय रहेको छ।

निर्माण पक्षले शुक्रबार आजै संविधान दिवसको अवसर पारेर ट्रेलर सार्वजनिक गरेकाे छ । फिल्म दसैंको फूलपाती, अर्थात् असोज १३ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?