जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्याट्रिना कैफ गर्भवती भएको खबर पुनः चर्चामा !

काठमाडौं । बलिउड अभिनेत्री क्याट्रिना कैफ गर्भवती भएको खबर पुनः चर्चामा आएको छ। एनडीटीभीले आफ्ना स्रोतका आधारमा क्याट्रिना गर्भवती भएको दाबी गरेको छ। रिपोर्टका अनुसार, उनी अक्टोबर वा नोभेम्बर महिनामा आमा बन्ने तयारीमा छिन्।

हालसम्म क्याट्रिना कैफ र उनका पति विक्की कौशलले यसबारे कुनै औपचारिक घोषणा गरेका छैनन्। तर, क्याट्रिना लामो समयदेखि सार्वजनिक कार्यक्रममा अनुपस्थित रहँदै आएकी छिन्, जसका कारण गर्भावस्थाको चर्चा अझ बलियो बनेको हो।

रिपोर्ट अनुसार, क्याट्रिनाले बच्चा जन्मेपछि लामो मातृत्व विश्राम लिने योजना बनाएकी छन्। उनी हाल मिडिया र लाइमलाइटबाट टाढा छन् र आफ्नो समय परिवारसँग बिताउन चाहन्छिन्।

यसअघि, सन् २०२४ को जुन महिनामा विक्की कौशलले फिल्म ‘ब्याड न्यूज’ को ट्रेलर लञ्च कार्यक्रममा यी हल्लाहरूलाई नकारेका थिए। पत्रकारहरूको प्रश्नमा उनले भनेका थिए, “जहाँसम्म शुभ समाचारको कुरा छ, हामी तपाईंलाई अवश्य जानकारी दिनेछौं। अहिले हल्लामा कुनै सत्यता छैन।”

क्याट्रिना र विक्कीको विवाह सन् २०२१ डिसेम्बरमा निजी समारोहबीच सम्पन्न भएको थियो। दुवै कलाकार सामाजिक सञ्जालमा निकै सक्रिय रहँदै आएका छन्।

कामको कुरा गर्दा, विक्की कौशल पछिल्लो पटक फिल्म ‘चावा’ मा देखिएका थिए भने क्याट्रिना कैफ विजय सेतुपतिको अपोजिट फिल्म ‘मेरी क्रिसमस’ मा देखिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?