जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अफ्रिकामा ‘एमपक्स’ का घटना एक लाख ९० हजार नाघ्यो, एक हजार ९९९ जनाको मृत्यु

काठमाडौं। सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एमपक्स सम्बन्धी सहायक प्रबन्धक याप बौमले अनलाइन पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार, जनवरी २०२४ देखि २९ वटा अफ्रिकी देशहरूमा जम्मा एक लाख ९१ हजार ५ सय ५९ म्पोक्सका घटना रिपोर्ट भएका छन् । यसमा ५३ हजार १३ पुष्ट घटना र एक हजार ९९९ मृत्यु भएका छन् ।

बौमले रोकथाम प्रयासहरूले सफलता देखाइरहेका र पछिल्ला हप्ताहरूमा शङ्कास्पद दुवै घटनाहरू घट्दै गएको बताएका छन् । मे महिनामा उच्च स्तरमा पुगेका साप्ताहिक पुष्ट घटनाहरू ७० प्रतिशतले घटेर एक हजार ६२० बाट ४९१ मा झरेका छन् ।

त्यसैगरी, अफ्रिका रोग नियन्त्रण केन्द्रले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा समुदायमा आधारित निगरानी प्रणालीलाई अझ सशक्त बनाउन आग्रह गरेको छ, ताकि त्यहाँ फैलिएको इबोला रोगलाई नियन्त्रण गर्न सकियोस् ।

विश्व स्वास्थ्य सङ्गठनले बिहीबार कङ्गोको कासाई प्रान्तमा भएको नयाँ इबोला सङ्क्रमणबाट कम्तीमा ३१ जनाको मृत्यु भइसकेको जनाएको छ । ४८ घटना रिपोर्ट भएका छन्, जसमा ३८ पुष्ट छन् । १५ जना उपचाररत छन् भने दुई जना निको भएर घर फर्केका छन् ।

बौमले सबै शङ्कास्पद घटनाहरू पहिचान गरी उपचार केन्द्रमा सार्नुपर्नेमा जोड दिए । दुई जना बिरामी निको हुनु सकारात्मक खबर भएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, इबोला एक अत्यन्त सङ्क्रामक रोग हो जसले ज्वरो, वाकवाकी, पखाला, शरीर दुख्ने, कमजोरी लगायतका लक्षण देखाउँछ र धेरैमा आन्तरिक तथा बाह्य रक्तस्राव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?