जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बङ्गलादेशसँग श्रीलङ्का ४ विकेटले पराजित

काठमाडौं। यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हराएको छ। 

गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो। श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

बङ्गलादेशका लागि मोहम्मद सैफ हसनले ६१ र तौहिद हृदयले ५८ रन बनाए । श्रीलङ्काका पिन्नदुवागे वानिन्दु हसरंगा र दासुन शनकाले समान दुई तथा नुवान तुषारा र  दुष्मन्थ चमेराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ७ विकेठ गुमाएर १६८ रन बनाएको थियो। दशुन शनकाले अविजित ६४ रन बनाए। कुसल मेन्डिसले ३४ रन, पथुम निसान्काले २२, कप्तान चरिथ असलंकाले २१ रनको योगदान दिए।

सुपर फोरमा बंगलादेशले अब बुधबार भारत र बिहीबार पाकिस्तानसँग खेल्नेछ। श्रीलंकाले सुपर फोरमा अब मंगलबार पाकिस्तान र शुक्रबार भारतसँग खेल्नेछ। भारत र पाकिस्तान आइतबार खेल्दैछन। सुपर फोरका शिर्ष दुई टोलि अर्को आइतबार फाइनल खेल्नेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?