जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘होमबाउन्ड’ अस्कर २०२६ का लागि भारतको छनोट

काठमाडौं। नीरज घायवान निर्देशित फिल्म ‘होमबाउन्ड’ सन् २०२६ को अस्कर अवार्ड अन्तर्गत ‘सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधाका लागि भारतको आधिकारिक प्रवेशको रूपमा चयन गरिएको छ।

करण जोहरको धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूरको अभिनय रहेको छ।

फिल्म फेडरेसन अफ इन्डियाले कोलकातामा उक्त घोषणा गर्दै जनाएको छ कि २४ फिल्मबीच प्रतिस्पर्धाबाट ‘होमबाउन्ड’ छनोटमा परेको हो।

धर्मा प्रोडक्सनले ट्वीटरमार्फत यो छनोटप्रति गर्व व्यक्त गरेको छ। यसअघि भारतबाट ‘मदर इन्डिया’, ‘सलाम बम्बे’ र ‘लगान’ मात्र यस विधामा अन्तिम मनोनयनसम्म पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?