जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जुनियर एनटीआर छायांकनका क्रममा घाइते, अवस्था सामान्य

काठमाडौं। तेलुगु अभिनेता जुनियर एनटीआर एक विज्ञापनको छायांकनका क्रममा घाइते भएका छन्। उनको टोलीले जारी गरेको विज्ञप्तिअनुसार, उनलाई सामान्य चोट लागेको हो र स्वास्थ्य अवस्था स्थिर छ। डाक्टरले केही हप्ता आराम गर्न सल्लाह दिएका छन्।

एनटीआरको स्वास्थ्यबारे जानकारी सार्वजनिक भएपछि उनका प्रशंसकहरू सामाजिक सञ्जालमा चाँडो स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

हालै ऋतिक रोशनसँगको फिल्म ‘वार २’ मा देखिएका एनटीआर अब निर्देशक प्रशान्त नीलको फिल्म ‘ड्र्यागन’ र नेल्सन दिलीपकुमारको शीर्षकविहीन प्रोजेक्टमा काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?