जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘परान’को नयाँ पोस्टर सार्वजनिक, नीर शाह शंख फुक्दै

काठमाडौं। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा तयार भएको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा पाका अभिनेता नीर शाहलाई शंख फुक्दै गरेको दृश्यमा देखाइएको छ।

यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई प्रस्तुत गर्दै पोस्टर सार्वजनिक गरिएको थियो। पछिल्लो पोस्टरमा शाहलाई प्रमुख रूपमा फिचर गरिएको छ।

पोस्टरमा देखिएको शाहको गम्भीर भाव, अनुहारमा झल्किएको अनुभव, र शंख फुक्ने दृश्यले फिल्मको कथावस्तु धर्म, संस्कृति वा परम्परागत रीतिरिवाजसँग सम्बन्धित हुन सक्ने संकेत गरेको छ। पोस्टरले फिल्मको कथावस्तुबारे दर्शकमाझ कौतुहलता बढाएको छ।

फिल्म गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा रहेको बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो। निर्देशक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन्।

‘परान’ मा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्म कार्तिक १४ गते (अक्टोबर ३१) देखि देशभर प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?