जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘मैझारो’को टिजर सार्वजनिक, त्रिकोणात्मक प्रेमकथामा धीरज, मिरुना र दीया

काठमाडौं। दशैंको घटस्थापनाको अवसर पारेर सोमबार बहुप्रतिक्षित नेपाली फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। आगामी कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ।

फिल्मबाट चर्चित हाँस्यकलाकार विल्सनविक्रम राई (टक्मे बुढा) ले निर्देशनमा डेब्यू गरेका छन्। ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको फिल्ममा धीरज मगर, मिरुना मगर र दीया पुन मुख्य भूमिकामा छन्।

सार्वजनिक गरिएको टिजरमा अभिनेता धीरज मगरलाई इलामको ग्रामीण परिवेशमा देख्न सकिन्छ भने मिरुना मगरलाई चिया बगानमा चिया टिप्दै गरेको दृश्यले कथा गाउँमै केन्द्रीत रहेको संकेत गर्छ। टिजरमा धीरज र मिरुनाबीचको प्रेम सम्बन्ध स्पष्ट देखिन्छ, तर दीया पुनको प्रवेशसँगै कथाले त्रिकोणात्मक मोड लिन्छ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु समेतको अभिनय रहेको छ।

संगीततर्फ अनमोल गुरुङ र तोरेम्पाहाङ राई को संगीत रहेको फिल्मले पूर्वी नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई चित्रण गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?