जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु कमजोर भए पनि स्थानीय वायुको प्रभाव जारी रहेको जनाएको छ।

यसको प्रभाव स्वरूप कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशको पहाडी भूभागमा सामान्यतया बदली रहने र कोशी, बागमती, गण्डकी प्रदेशका पहाडमा केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

आज राति भने देशको अधिकांश भूभाग सफा रहने भए पनि पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। महाशाखाले विशेष गरी कोशी र बागमती प्रदेशका पहाडमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?