जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वेस्ट इन्डिजविरुद्ध नेपाल आज दोस्रो खेल खेल्दै

काठमाडौँ। नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ।

यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले १४८ रन बनाएको थियो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो।

पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १९ रनको कीर्तिमानी जित निकालेको नेपाली टोली लगातार दोस्रो जित हात पार्न चाहन्छ।  नेपालले आजको खेल जितेमा सिरिज जित्ने छ । सिरिजको अन्तिम खेल मंगलबार हुदैछ । 

नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?