जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल असोज १६ गते बिहीबारको राशिफल

काठमाडौं। आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन शुक्ल पक्षको दशमी तिथि। विजया दशमी। दशैँको टीकाको दिन। तदनुसार सन् २०२५ अक्टोबर २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष: पारिवारिक खुशी र उमंगले भरिपूर्ण हुनेछ। टीका–जमारा ग्रहण गर्दा परिवारको माया, आशीर्वादले आत्मविश्वास बढ्नेछ। तर अनावश्यक विवादमा नजाने उत्तम हुन्छ।

वृष: आर्थिक पक्ष मजबुत देखिन्छ। नातेदारसँग भेटघाट, भोज आदिमा रमाइलो हुनेछ। तर खर्च नियन्त्रण नगरे पछुतो हुने सम्भावना छ। निर्णय लिनुअघि समय लिनुहोस्।

मिथुन: आज सामाजिक सम्पर्क र सम्बन्ध विस्तारको दिन हो। साथीभाइ वा नातेदारसँग रमाइलो अवसर आउन सक्छ। यात्रा वा बाहिर निस्कँदा सानो असजिलो अनुभव हुन सक्छ, स्वास्थ्यमा ध्यान दिनुहोस्।

कर्कट:  घर–परिवारमा सुख–शान्ति बढ्नेछ। पूजापाठमा मन रमाउनेछ र पुराना योजनामा प्रगति हुनेछ। तनाव वा कामको दबाब बढे विश्राम लिनु आवश्यक हुन्छ।

सिंह: आत्मविश्वास र आकर्षण बढ्ने दिन। नेतृत्व वा परिवारमा सम्मान पाउने अवसर मिल्नेछ। कला, मनोरञ्जन वा सामाजिक क्षेत्रमा राम्रो देखिन्छ। अहंकार बढे सम्बन्ध बिग्रिन सक्छ।

कन्या: अध्ययन, अनुसन्धान वा नयाँ कुरा सिक्न चाहनेहरूलाई राम्रो समय छ । परिवारबाट सहयोग र प्रेरणा पाइनेछ तर छिटो निर्णय नगरी ध्यानपूर्वक मूल्यांकन गर्नुपर्छ।

तुला: प्रेम वा दाम्पत्य जीवनमा मिठास छाउनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। आफैंलाई स्पष्ट राख्दा राम्रो हुनेछ।

वृश्चिक: कामप्रति उत्साह बढ्नेछ। व्यापार वा योजनामा सफलता मिल्ने संकेत छ। तर पाचन वा निन्द्राको समस्या आउन सक्छ, खानपान र विश्राममा ध्यान दिनुहोस्।

धनु: साहसिक काम वा यात्राको अवसर आउन सक्छ। पारिवारिक भेटघाटमा रमाइलो हुनेछ। धेरै काम बोकेर शरीर थकित बनाउन सकिन्छ, त्यसैले समय व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।

मकर: लगानी वा सम्पत्ति सम्बन्धी कुरामा लाभ मिल्ने दिन। परिश्रमले मान सम्मान बढ्नेछ। तर कठोर व्यवाहार देखाए साथीभाइसँग दूरी बढ्न सक्छ।

कुम्भ: धार्मिक वा सामाजिक सेवामा संलग्न हुने अवसर मिल्नेछ। पूजा–पाठमा मन रमाउने दिन छ । तर कामको व्यवस्थापनमा कमी भए अधुरो काम बाँकी रहन सक्छ।

मीन: अध्यात्म, ध्यान वा पूजा आराधनामा मन आकर्षित हुनेछ। पारिवारिक साथले मन हलुका हुनेछ। तर वरिपरिको नकारात्मकता मनोबलमा असर गर्न सक्छ, सकारात्मक सोच राख्नुहोस्।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?