जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८० साल फागुन १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८० साल फागुन १ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी १३ तारिख। माघ शुक्ल चतुर्थी तिथि । मङ्गल चौथी व्रत, जनयुद्ध दिवस,तिलकुन्द चौथी,कुम्भ संक्रान्ति र विश्व रेडियो दिवस आज परेका छन् ।

ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। गणेशको पूजा गर्नु फाइदाजनक हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। हरेक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : नयाँ साथी र नयाँ ठाउँको भ्रमणले दिन रमाइलोसँग बित्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

मिथुन : सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। मेरो भन्नुभन्दा हाम्रो अभियानमा लाग्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। दिन रमाइलोसँग बित्नेछ।

कर्कट : लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नैपर्ने भए पश्चिम नजानु उत्तम हुन्छ। वैदेशिक क्षेत्रको लगानीमा प्रयास गर्नु फाइदाजनक हुनेछ। धेरै बोल्ने साथी सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारको सहयोगले दिन रमाइलो हुनेछ।

सिंह : आफूले आफूलाई महत्त्व दिन बिर्सिएमा धेरै अवरोधको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक र आर्थिक क्षेत्रमा नाम र दाम एकसाथ हुने देखिँदैन। साथीभाइ र परिवारले भने आज तपाईंलाई साथ दिने योग छ।

कन्या : समय राम्रो छ। व्यापारमा नाफा कमाउने योग छ। समाजमा सम्मान प्राप्त हुनेछ। वैदेशिक लगानीमा आर्थिक उन्नती हुनेछ। चिसोबाट जोगिनु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

तुला : अचानक पेट सम्बन्धी समस्याले दुःख दिनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। आफ्नो निन्दा सुन्नुपर्ने हुनसक्छ। गलत काम खोज्ने साथी सक्रिय भएकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। शिक्षाबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। परोपकारमा मन जानेछ। लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रशंसा सुन्ने योग रहेको छ।

मकर : समय राम्रो छ। शिवको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। अध्ययनमा मन जानेछ। वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ।

कुम्भ : अचानक टाउको दुख्ने हुनसक्छ। यसको पीडा दिनभर रहने देखिन्छ। हनुमानको चिन्तन गर्नाले शनिदेवको छायाबाट बच्न सकिन्छ। आर्थिक सफलता र सामाजिक सम्मान प्राप्त हुनाले दिन रमाइलो हुनेछ। परिवारमा भने समस्या हुनसक्छ।

मीन : अचानक आर्थिक लाभ हुनेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नो लागि समय छुट्याउनु आवश्यक छ। धार्मिक संगत बढ्ने देखिन्छ। व्यापारमा लाभ हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?